काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष (आव) ०७९/८० को प्रतिफल घोषणा गरेका छन् ।
क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यी दुई योजनाको प्रतिफल करसमेत हुने जानकारी योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले दिएको छ । साउन ३२ गतेकै बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाईधनीहरूलाई भने प्रतिफल वितरण नगर्ने निर्णयसमेत गरेको छ ।