काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ व्यवस्थित लगानी योजना र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार तीन ओटै फण्ड वैशाख मसान्तमा नोक्सानीमा रहेका छन् । सिद्धार्थ इक्वीटी फण्ड वैशाख मसान्तसम्म रू. ९ करोड ८३ लाख, सिद्धार्थ व्यवस्थित लगानी योजना रू. २३ लाख ८ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ रू. ६ करोड ७८ लाख नोक्सानी रहेका छन् । वैशाख महीनामा यी फण्डहरूको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेका हुन् ।
सिद्धार्थ इक्वीटी फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोड लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. १ अर्ब ११ करोड थियो । फण्डले चैत महीनाको तुलनामा वैशाख महीनामा सूचीकृत शेयरमा लगानी घटाएको छ । त्यस्तै यस फण्डको न्याभ पनि चैत महीनाको तुलनामा वैशाख महीनामा केही घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ ९ रूपैयाँ ७६ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रूपैयाँ ३७ पैसामा झरेको हो ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. १६ करोड ९२ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्सम्म रू. १७ करोड ५७ लाख थियो । त्यस्तै यस फण्डको न्याभ चैत मसान्तसम्म ८ रूपैयाँ २७ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रूपैयाँ ४ पैसा कायम भएको हो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ८४ करोड ९७ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ९० करोड ९५ लाख थियो । त्यस्तै फण्डको फण्डको न्याभ चैत मसान्तमा ९ रूपैयाँ ८५ रहेकोमा वैशाख मसान्तमा ९ रूपैयाँ ४५ पैसा कायम भएको छ ।
सिद्धार्थ इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिद्धार्थ व्यवस्थित लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्