काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालित सिद्धार्थ ब्यवस्थित लगानी योजना,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्वीटी फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चार ओटै फण्डको न्याभ बैशाख मसान्तको तुलनामा जेठ मसान्तमा वृद्धि भएको छ ।
सिद्धार्थ इक्वीटीको न्याभ बैशाख मसान्तमा ९ रूपैयाँ ३७ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रूपैयाँ २३ पैसा पुगेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्ष्टमेन्ट ग्रोथ स्किम ३ को न्याभ बैशाख मसान्तमा ९ रूपैयाँ ९५पैसा रहेकोमा जेठ मसान्तमा १० रूपैयाँ १५ पैसा पुगेको हो ।
सिद्धार्थ इन्भेष्टमेन्छ ग्रोथ स्किम २ को न्याभ जेठ मसान्तमा १० रू. ३८ पैसा कायम भएको छ । यस फण्डको न्याभ बैशाख मसान्तमा ९ रूपैयाँ ४५ पैसा थियो । त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजनाको न्याभ बैशाख मसान्तमा ८ रूपैयाँ ०४ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ८ रूपैयाँ ७२ पैसा पुगेको छ । यस फण्डले जेठ मसान्तसम्ममा रू. २ करोड ४६ लाख नाफा कमाएको छ । बैशाख मसान्तमा भने फण्ड रू. २३ लाख ८ हजार नोक्सानीमा थियो । जेठ महीनामा आम्दानीमा वृद्धि भएसँगै नाफामा गएको हो । यस फण्डले बैशाख महीनाको तुलनामा जेठ महीनामा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । बैशाख मसान्तसम्ममा सूचीकृत धितोपत्रमा फण्डले रू. १६ करोड ९२ लाख लगानी गरेकोमा जेठ मसान्तमा बढाएर रू.२३ करोड भन्दा बढी पुर्याएको छ ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २३ करोड ४द्ध लाख लगानी गरेको छ । यो लगानी बैशाख मसान्तसम्ममा रू. १ करोड ४८ लाख थियो । यस फण्ड बैशाख मसान्तसम्ममा रू. ३६ लाख ६२ हजार नोक्सानीमा रहेकोमा जेठ मसान्तमा रू. १ करोड २२ लाख नाफा कमाएको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले जेठ मसान्तसम्ममा रू. ४ करोड ३५ लाख नाफा कमाएको छ । बैशाख मसान्तमा भने फण्ड रू. ६ करोड ७८ लाख नोक्सानीमा थियो । फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १ अर्ब भन्दा बढी लगानी गरेको छ । यो लगानी बैशाख मसान्तमा रू. ८४ करोड ९७ लाख थियो ।
सिद्धार्थ इक्वीटी फण्डले बैशाख मसान्तमा रू. ९ करोड ८३ लाख नोक्सानी ब्यहारेरेकोमा जेठ मसान्तमा रू. ३ करोड ११ लाख नाफा कमाएको छ । यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू.१ अर्ब २१ करोड लगानी गरेको छ ।