काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्वीटी फण्डले असार मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार यी चारओटै फण्डको न्याभसँगै नाफामा वृद्धि भएको छ । यी चार फण्डमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को नाफा जेठको तुलनामा असारमा १०५ प्रतिशत वृद्धि भएको छ ।
यस फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ३१ पैसा पुगेको हो । असारमा यी फण्डहरूको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
सिद्धार्थ व्यवस्थित लगानी योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला