काठमाडौं । सिद्धार्थ म्युुचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटै फण्डले माघ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ व्यवस्थित लगानी योजनाले माघ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार यी तीन ओटै फण्डको नाफा पुस महीनाको तुलनामा माघ महीनामा घटेको छ ।
पुस मसान्तसम्म रू. १ करोड ६७ लाख नाफा कमाएको सिद्धार्थ व्यवस्थित लगानी योजनाले माघ मसान्तसम्ममा रू. १ करोड ४६ लाखमात्र नाफा कमाएको हो ।
त्यस्तै पुस मसान्तसम्म रू. ९ करोड ५४ लाख नाफा कमाएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले माघ मसान्तसम्ममा रू. ६ करोड ८३ लाखमात्र नाफा कमाएको छ ।
पुस मसान्तसम्म रू. ९ करोड ९७ लाख नाफा कमाएको सिद्धार्थ इक्वीटी फण्डले पुस मसान्तसम्ममा रू. ७ करोड ३ लाखमात्र नाफा कमाएको छ । नाफासँगै यस फण्डको न्याभ पनि घटेको छ ।
पुस मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ६९ रहेकोमा माघ मसान्तसम्ममा रू. १० दशमलव ४९ कायम भएको छ । फण्डले माघ मसान्तसम्म सूचीकृत शेयरमा रू. १ अर्ब २२ करोड लगानी गरेको छ । यो लगानी पुस मसान्तसम्म रू. १ अर्ब २९ करोड थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले माघ मसान्तसम्म सूचीकृत शेयरमा रू. ९९ करोड ३८ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तसम्म रू. १ अर्ब ७ करोड थियो । यस फण्डको न्याभ पुस महीनाको तुलनामा माघ महीनामा घटेको छ । पुस मसान्तसम्म फण्डको न्याभ रू. १० दशमलव ८१ रहेकोमा माघ मसान्तसम्म रू. १० दशमलव ५९ कायम भएको छ ।
त्यस्तै सिद्धार्थ व्यवस्थित लगानी योजनाले माघ मसान्तसम्म सूचीकृत शेयरमा रू. १७ करोड ६६ लाख लगानी गरेको छ । यो लगानी पुस मसान्तसम्म रू. १८ करोड थियो । पुस मसान्तमा फण्डको न्याभ रू. ८ दशमलव ६२ रहेकोमा माघ मसान्तमा घटेर रू. ८ दशमलव ५५ मा झरेको छ ।
म्युचुअल फण्डहरूले अधिकांश लगानी शेयर बजारमा गर्ने गर्दछन् । सोही कारण शेयर बजारको घटबढसँगै फण्डको वित्तीय सूचकमा असर पर्ने गर्दछ ।