काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले असोज २४ देखि कात्तिक २ गतेसम्म आवेदन दिन सकिने गरी सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्रा २८० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति वा संघसंस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ ।
खरीद आवेदन पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले असोज २४ गतेपश्चात् कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।