जेठ १७, काठमाडौं (अस) । नेपालस्थित भारतीय दूतावास र बीपी कोइराला नेपाल भारत प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रवार नेपाल भारत पुस्तकालयमा सिनेमाण्डूको १४औं संस्करण प्रदर्शन भयो । सो अवसरमा नेपाली चलचित्र ‘धन्दा’को प्रदर्शन गरिएको थियो । सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्रमा वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवा विभिन्न म्यानपावर कम्पनीबाट कसरी ठगिन्छन् र कति दु:ख पाउँछन् भन्ने देखाइएको छ । यसमा त्यस्ता युवाले भोग्नुपरेको मानसिक तथा शारीरिक दुःखलाई कलाकार अर्पण थापा र समुना केसीले प्रस्तुुत गरेका छन् । सो अवसरमा कलाकार थापा, केसी तथा निर्माता बाबुराम दाहालले दर्शकसँग अन्तरक्रिया पनि गरेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.