काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश घोषणा गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।