काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुनः बोलाएको छ ।
पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १२ गते पोखराको होटल दिपसागरमा सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि गत पुस २९ गते सभा बोलाए पनि गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन ।
गत वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । सोही बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।