काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गरी आगामी वार्षिक साधारण सभामा पेस गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ । गत वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।