काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले समीट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयर फुकुवा गरेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी दुईओटै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए । सोहीअनुसार यी कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ ।
समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएसँगै कम्पनीको शेयर असोज २७ गतेदेखि रोक्का थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार आजदेखि करोबारमा आएको छ ।
त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्झौता भएसँगै असार २९ गते देखि शेयर कारोबार रोक्का थियो । रिलायन्स लाइफ इन्स्योरेन्स शेयर भने अझै रोक्का रहेको छ ।