काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डिलाइट टेलरिङ सेन्टर पुतलीसडक काठमाडांैसँग छूटसम्बन्धी सम्झौता गरेको छ । समझदारीअन्तर्गत ग्राहकले फाइनान्सको समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरीद गर्दा १० प्रतिशत छूट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सको छ ।
समझदारीपत्रमा फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुभाष श्रेष्ठ र डिलाइटका संस्थापक नरेश घलेले हस्ताक्षर गरेका छन् । फाइनान्सले हाल १३ शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।