काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बुधवार पुष्पाञ्जली हस्पिटल प्रालि भरतपुर, चितवनसँग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत संस्थाका शेयर सदस्य, कर्मचारी तथा खातावालाले हस्पिटलको सेवा लिई समृद्धि मोबाइल बंैकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तानी गर्दा छूट पाउनेछन् । यो सुविधाबाट संस्थाका शेयर सदस्य, कर्मचारी तथा खातावाला लाभान्वित हुने विश्वास संस्थाको छ ।
सो समझदारीपत्रमा समृद्धि फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडी र हस्पिटलका प्रबन्ध निर्देशक सुजनराज अधिकारीले हस्ताक्षर गरेका छन् । हस्पिटलले ओपीडी सेवामा २० प्रतिशत, बेड चार्ज, आईसीयू चार्ज, भिडियो एक्सरे, इको, ल्याब, सीटीस्क्यान, एमआरआई जस्ता आन्तरिक सेवामा २० प्रतिशत, औषधिमा ३ प्रतिशतदेखि ५ प्रतिशत र शल्यक्रिया चार्जमा २० प्रतिशत छूट दिने बताइएको छ ।