काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
फागुन १६ गतेदेखि यी शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर कम्पनीले माघ ११ गते यी शेयर विक्रीमा ल्याएको थियो ।
३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएकाले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्रीमा ल्याइएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा आफूले खरीद गर्ने कित्ता र मूल्यसमेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ ।