काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि सार्वजनिक विदा भएकाले पर्सी अर्थात असोज ४ गते बिहीवार देखि कारोबारमा आउनेछ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता रू. १८५ दशमलव ४१ देखि ४७५ दशमलव २३ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष,कर्मचारीहरुलाई वितरण गरेको ९६ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो। स्टक सिम्बोल एसएनएल आई रहेको छ ।
शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी गराएको छ ।