काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्म १७ करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो ।
यस वर्ष सञ्चालन आम्दानी घटेकाले कम्पनी खुद नोक्सानीमा गएको हो । गत वर्ष ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
यो कम्पनीले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । अदर इक्वीटी ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३३ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ ।
दीर्घकालीन कर्जा १२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म १ रुपैयाँ ९४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १९८ रुपैयाँ ३३ पैसा छ ।