साउन २६, काठमाडौं । बिहीवार नेप्सेको स्पेशल प्रि-ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको प्रतिकित्ता रू. १३० दशमलव २० मा पहिलो कारोबार भएको हो । बुधवार कम्पनीको ५० लाख कित्ता साधारण शेयर सूचीकृत भएको थियोे । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले रू. १०० देखि ३०० ओपन रेञ्ज तोकेको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको ५० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल यूएचईडब्लूए रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनएमबि क्यापिटल नागपोखरी मार्फत हुने नेप्सेले जानकारी दिएको छ ।