काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको शेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो ।
कम्पनीको शेयर गत मंगलवार नेप्सेमा सूचीकृत भएको थियो । सो दिन नेप्सेमा नेपाल लाइफको ३ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको थियो ।
पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो । कम्पनीको स्टक सिम्बोल एसएनएलआई छ ।