काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला उद्यमीलाई प्रवर्द्धन गर्न औद्योगिक तथा लगानी प्रवर्द्धन कोष बनाएको बताएको बताएका छन् ।
न्यू बिजनेश एज लिमिटेडको आयोजनामा बुधवार (आज) राजधानीमा भएको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस्–२०२५ कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट आएपछि अर्काे वर्षदेखि उक्त कोषमार्फत महिला उद्यमीको प्रवद्र्धन गरिने उनले जानकारी दिए ।
उनले यसअघि सरकारले महिला उद्यमशीलता कोषमार्फत धेरै महिलालाई सहयोग गरेको र अहिले धेरै कोष मर्ज गरेर औद्योगिक तथा लगानी प्रवद्र्धन कोष बनाइएको बताए ।