काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रतिष्ठानले मंगलवार (आज) सूचना प्रकाशित गरी योग्यता पुगेका स्टार्टअप उद्यमीहरूमा परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पूरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिको अनुसूची–३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
प्रतिष्ठानले पछिल्लो पटक गत माघ १९ गते २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । जसमा २ हजार १०० भन्दा बढीले परियोजना प्रस्ताव पेश गरेको प्रतिष्ठानले जानकारी दिएको छ ।
सरकारले योसहित चारपटक स्टार्टअप उद्यमका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भन्दै परियोजना प्रस्ताव आह्वान गरिसकेको छ ।