काठमाडौं। सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘डिलाइट–डेरी ह्वाइट्नर’ नामको धूलो दूध (पाउडर दूध) बजारमा ल्याएको छ । देशको विभिन्न ठाउँबाट संकलित दूधलाई नवीनतम तथा उच्च प्रविधि तथा मेसिनको सहायताबाट गुणस्तर मापन गरी उक्त धुलो दूध तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।
अन्य धूलो दुधको तुलनामा यो बाक्लो र अत्याधुनिक ‘अल्ट्रा ड्राइङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीको भनाइ छ । आधुनिक मेटालिक प्याकेजिङका कारण यो धूलो दूध १२ महीनासम्म प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यो उत्पादन भाटभटेनी स्टोर, सेल्स बेरी, बिगमार्ट जस्ता प्रमुख स्टोर, विभिन्न किराना पसल र अनलाइन शपिङ साइटमा उपलब्ध रहेको बताइएको छ । दूधको ४०० ग्रामको प्याकेटलाई ४८० रुपैयाँ र ८०० ग्रामलाई ९०० रुपैयाँ मूल्य कायम गरेको बताइएको छ ।