काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमवार (आज) फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो यसको भाउ तोलामा १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । goldprice.org का अनुसार आज (नेपाली समय अनुसार बिहान ११ः५८ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५१ दशमलव ५५ डलर पुगेको छ । अघिल्लो कारोबार दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६९ दशमलव ४६ डलर थियो ।
त्यसैगरी आज डलरको मूल्य भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज १ अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन सोही मूल्यमा डलर विक्री भएको थियो ।