काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रवार प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको सुन आज (आइतवार) भने प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँ कायम भएको छ ।
यसअघि गत बुधवार (कात्तिक ७ मा) चाँदीको मूल्य हालसम्मकै उच्च मूल्य कायम हुँदै २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो । यता अन्तरराष्ट्रिय बजार कोमेक्सका अनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक मूल्यमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १३ दशमलव ६६ अमेरिकी डलरले बढेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔैंस २ हजार ७४८ दशमलव ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको दिनको तुलनामा ०.५ प्रतिशतले बढी हो ।