काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्य हालसम्मकै उच्च मूल्य कायम भएको छ। आज एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेपछि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेर १ हजार ९१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।