काठमाडौं । नेपाली बजारमा सुन को मूल्य प्रतितो २ हजार २०० रूपैयाँले घटेको छ । गत शुक्रवार प्रतितोला १ लाख ५३ हजार रूपैयाँमा कारोबार भएको सुन आज आइतवारका लागि १ लाख ५० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै नेपाली बजारमा चाँदीको मूल्य मूल्य पनि प्रतितोला २० रूपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३६ दशमलव ४२ अमेरिकी डलर ले घटेको छ । आज २ हजार ६८४ दशमलव ९५ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ पनि घटेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आइतबवारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र विक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र विक्रीदर १४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र विक्रीदर १७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र विक्रीदर १५२ रुपैयाँ १३ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र विक्रीदर ९५ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ रुपैयाँ ४१ पैसा र विक्रीदर १ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र विक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १३ पैसा र विक्रीदर ३७ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र विक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र विक्रीदर ३७ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४२ पैसा र विक्रीदर ३० रुपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिदर ९४४ पैसा र विक्रीदर ९४८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ ३३ पैसा र विक्रीदर १२ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र विक्रीदर १७ रुपैयाँ ४९ पैसा र कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ७१ पैसा र विक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र विक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम गरेको छ ।
यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ६१ पैसा, विक्रीदर तीन सय ५३ रुपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।