काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएकोमा बुधवार (आज)का लागि प्रतितोला १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
साताको पहिलो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार ४०० रुपैयाँले बढेको थियो । मंगलवार पुन: २ हजार १०० रुपैयाँले बढेको सुनको भाउ बुधवार फेरि २ हजारले बढ्दा पछिल्लो ४ दिनमा ४ हजार ५०० रुपैयाँले बढेको छ ।
आज अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य घट्दो क्रममा छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ६८५ दशमलव ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्य भन्दा ९ दशमलव ७९ अमेरिकी डलरले कमी हो ।
नेपाली बजारमा सुनसंगै अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेत दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य पनि बढेको छ । यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ ।
यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३५ रुपैयाँ ४७ पैसा र विक्रीदर १३६ रुपैयाँ ०७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरीददर १४२ रुपैयाँ ६८ पैसा र विक्रीदर १४३ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १७२ रुपैयाँ ८९ र विक्रीदर १७३ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर १५३ रुपैयाँ ९७ पैसा र विक्रीदर १५४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरीददर ८६ रुपैयाँ ६५ पैसा र विक्रीदर ८७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरीददर ९५ रुपैयाँ ६२ पैसा र विक्रीदर ९६ रुपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरीददर १०१ रुपैयाँ ०४ पैसा र विक्रीदर १०१ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरीददर ८ रुपैयाँ ९३ पैसा र विक्रीदर ८ रुपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १६ पैसा र विक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरीददर चार रुपैयाँ ०२ पैसा र विक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ८८ पैसा र विक्रीदर ३७ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५९ पैसा र विक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ४७ पैसा र विक्रीदर नौ रुपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरीददर १२ रुपैयाँ ३७ पैसा र विक्रीदर १२ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ४२ पैसा र विक्रीदर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरीददर ४४० रुपैयाँ ५१ पैसा र विक्रीदर ४४२ रुपैयाँ ४६ पैसा , बहराइन दिनार एकको खरीददर ३५९ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६० रुपैयाँ ६२ पैसा, बढेको ओमनि रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ८७ पैसा, विक्रीदर ३५३ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरीददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।