काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको बुधबारका लागि १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रूपैयाँ कायम भएको छ । यो मूल्य मंगलबारका तुलनामा प्रतितोला १० रुपैयाँले कमी हो ।
आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ६४३ दशमलव २५ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर अनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ र स्विस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अस्ट्रेलियन डलर र क्यानडियन डलरको भाउ बढेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ २६ पैसा तय भएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।