काठमाडौं । नेपाली बजारमा आजा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ । यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६० हजार कायम भएको थियो । महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढे र १ हजार ९२० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ५८६ दशमलव २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म यो मूल्य गत कारोबार दिनको तुलनामा २१ दशमलव २२ प्रतिशतले बढी हो ।
त्यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ चार पैसा, बिक्री दर १४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ चार पैसा र बिक्री दर १७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्विस फ्याङ्क एकको खरिद दर १५१ रुपैयाँ ७३ पैसा, बिक्री दर १५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलिया डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ । क्यानडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर १ रुपैयाँ ३५ पैसा, बिक्री दर १ रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ ।
यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । यस्तै, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ एक पैसा र बिक्री दर ४३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।