काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । हिजो (सोमवार) प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज (मंगलवार) तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रवार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण आर्थिक अवस्था अन्योल देखिएपछि लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन् । यही कारण अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ ।
शुक्रवार सुनले पहिलो पटक ३ हजार ६.८८ अमेरिकी डलर प्रतिऔंसभन्दा माथि उचाइ हासिल गरेको थियो । यस वर्ष सुनको मूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ। जनवरीमा ट्रम्पले कार्यभार सम्हालेदेखि उत्पन्न व्यापारिक तनावले लगानीकर्ताले सुनमा लगानी गर्न थालेका हुन् ।
ट्रम्प प्रशासनले फेब्रुअरीमा लागू गरेको २५ प्रतिशत स्टील र एलुमिनियम ट्यारिफदेखि अप्रिल २ मा लागू हुने प्रतिशोधात्मक ट्यारिफसम्मको योजना सार्वजनिक गरेका छन् । यस हप्ता फेडरल रिजर्भका अधिकारीहरूको नयाँ आर्थिक अनुमानले ट्रम्प प्रशासनको नीतिको प्रभावको ठोस प्रमाण प्रदान गर्नेछ। अर्थशास्त्रीहरूले यस वर्ष अमेरिकी आर्थिक वृद्धिदर घट्ने, मन्दीको सम्भावना र मुद्रास्फीति बढ्ने आशंका व्यक्त गरेका छन् ।
क्यापिटल.कम का वित्तीय बजार विश्लेषक काइल रोड्डाले भने, 'इजरायली हवाई आक्रमणले पनि मध्यपूर्वमा तनाव बढाउन सक्छ र यसले सुन बढ्ने अरू कारकहरू थप्न सक्छ ।'
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरीददर १३८ रुपैयाँ ५९ पैसा र विक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरीददर १५१ रुपैयाँ १२ पैसा र विक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १७९ रुपैयाँ ७८ पैसा र विक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरीददर १५७ रुपैयाँ ०२ पैसा र विक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ८८ रुपैयाँ ०० पैसा र विक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरीददर ९६ रुपैयाँ ५८ पैसा र विक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरीददर १०४ रुपैयाँ ०६ पैसा र विक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र विक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३६ रुपैयाँ ९५ पैसा र विक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरीददर ३८ रुपैयाँ ०२ पैसा र विक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरीददर चार रुपैयाँ १३ पैसा र विक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरीददर ३७ रुपैयाँ ७४ पैसा र विक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३१ रुपैयाँ १८ पैसा र विक्रीदर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ५७ पैसा र विक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र विक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरीददर २० रुपैयाँ २६ पैसा र विक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीददर १७ रुपैयाँ ८४ पैसा र विक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरीददर ४५० रुपैयाँ १० पैसा र विक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरीददर ३६७ रुपैयाँ ८४ पैसा र विक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरीददर ३५९ रुयैयाँ ९७ पैसा र विक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरीददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।