काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ शनिवार काठमाडौंमा सम्पन्न भएको छ । उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्तालाई अवार्डबाट सम्मानित गरिएको थियो । ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।
त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बीमा योजनामा पनि विभिन्न अभिकर्तालाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सीईओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो । कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनी, वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, कम्पनीका सञ्चालक विवेक झा, सञ्चालक नन्दकिशोर शर्मा, ब्रान्ड एम्बासडर राजेश हमाल लगायतले सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमा पुर्याएको योगदान, कम्पनीका गतिविधि, योजना लगायत बारे विचार राखेका थिए ।