२२ साउन, काठमाडौं । इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदान गर्दै आएको सुविसु केवुल नेटवर्कको मुख्य कार्यालयमा बुधवार आगलागी भएको छ ।
बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा दिउँसो करीब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । प्रहरीस्रोतका अनुसार सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएका छन् । आगलागी कसरी भयो भन्ने बारेमा विस्तृत विवरण आइसकेको छैन ।