काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीवारदेखि काठमाडौंमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू र काठमाडौं महानगरपालिका–१६ बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । बैंकले गत महीना काठमाडौंका अनामनगर, शंखमूल र ललितपुरका सातदोबाटो तथा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ एक्सटेन्सन काउन्टर, ११३ शाखारहित बैंकिङ र २६२ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।