काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रूपैयाँको आधारमा ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी २७औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले गत वर्षकोभन्दा बढी लाभांश यस वर्ष वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।