काठमाडौं । शनिबार इजरायली सेनाले इरानविरुद्ध विभिन्न सैन्य अखडा, क्षेप्यास्त्र स्थल र अन्य रणनीतिक ठाँउहरूमा हवाई आक्रमण गरेको थियो। ती आक्रमणहरू विशेषगरी सैन्य लक्ष्यहरूमा केन्द्रित रहेको इजरायली पक्षले बताएको छ। यसै क्रममा अमेरिकाले इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन सावेटले एक विज्ञप्तिमा भने, "हामी इरानलाई यस हिंसाको चक्र रोक्न आग्रह गर्दछौं, ताकि युद्धको तनाव बिना नै यो टुंग्याउन सकियोस्।" उनले अमेरिकाको तर्फबाट कुनै प्रत्यक्ष सैन्य संलग्नता नभएकोमा पनि जोड दिए।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएअनुसार राष्ट्रपति जो बाइडन र उनका सुरक्षा टोलीले हालैका हप्ताहरूमा इजरायली सेनासँग नागरिक क्षति कम गर्ने र समानुपातिक प्रतिकार गर्ने रणनीतिमा जोड दिएका थिए। अधिकारीले भनें, "आजको प्रतिक्रिया त्यसैको एक उदाहरण हो।"
राष्ट्रपति बाइडनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीमा इरानबाट हुने सम्भावित आक्रमण रोक्न र क्षेत्रीय तनाव कम गर्नका लागि संयमित प्रतिक्रियाको आवश्यकता औंल्याएका थिए।
एएफपी/रासस