काठमाडौं । नेपाली नारीहरूको पर्व तीजको दिन आज (शुक्रवार) सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि अघिल्लो बिहीवार (भदौ १३ गते) सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेको सुनको भाउ गत बिहीवार प्रतितोला १ लाख ५२ हजार रुपैयामा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ । गत विहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने १ हजार ७९५ रुपैयाँ कायम भएको छ ।