काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार तीन कम्पनीको कुल ९४ लाख ४४ हजार ३१ दशमलव ४३३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कृषि विकास बैंकको ४० लाख ३५ हजार ५०२ दशमलव २२३४ कित्ता, शिवम सिमेन्टको ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ११ लाख १० हजार ४४४ दशमलव २१ कित्ता गरेर कुल ९४ लाख ४४ हजार ३१ दशलमव ४३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यी शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कृषि विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
शिवम् सिमेन्टले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ५५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।