काठमाडौं । पछिल्लो समय युवापुस्तामा ट्याटु मोह बढ्दो छ । ललितपुरको हेरिटेज गार्डेनमा तीन दिनसम्म चलेको इन्टरनेसनल ट्याटु कन्भेन्सनमा पनि यही दृश्य देखियो । शुक्रवारबाट शुरु भई आइतवार (आज) सम्पन्न भएको १२ औं संस्करणको कन्भेन्सनमा ट्याटु खोपाउन आउनेमा तन्नेरी पुस्ताको बाहुल्यता थियो ।
कन्भेन्सनमा नेपालसँगै भारत, अमेरिका, ईटाली, अस्ट्रेलिया, बेलायत, स्वीडेन, स्पेन, जर्मनी, चीन, इन्डोनेसिया लगायतका विभिन्न २२ देशका २०० भन्दा बढी ट्याटु आर्टिस्टहरू सहभागी थिए ।
सम्मेलन अवधिभर सयौं जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन् । ट्याटु खोपाउनेहरूले २० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म तिरेको बताइएको छ ।
हेर्नुस् तस्वीरहरू