logo
अभियानको क्यामेरामा 'विपद् पछिका दृश्य'- १० तस्वीरमा हेर्नुहोस्
अभियानको क्यामेरामा 'विपद् पछिका दृश्य'- १० तस्वीरमा हेर्नुहोस्
१६ आश्विन २०८१

काठमाडौं । शुक्रवारदेखिको अविरल वर्षाका कारण गत शनिवार काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुर्‍यायो । उपत्यका भित्र बागमती नदी तटीय क्षेत्रमा आएको बाढीले ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवसाय अस्तव्यस्त भए । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसामान बगायो ।

सरकारले १० दिन भित्र राहात उपलब्ध गराउने निर्णय गर्यो तर, बिपद्को ५ दिन पुग्दा सम्म कुनै राहतको महसुस भने गर्न पाएका छैनन् । शनिवार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरूले आफ्नो व्यवस्थापनमा लागिरहेका छन् ।  बाढीबाट जोगिएका तर निथ्रुक्क भिजेका सरसामानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने  उनिहरूको दैनिकी नै बनेको छ।

बाढी पछि अभियानको लेन्समा कैद विपद् पछिको अवस्था दर्शाउने १० तस्वीरहरू

चार दिन वितिसक्दा पनि यो क्षेत्रको स्थिति अझै सामान्य हुन सकेको छैन ।

काठमाडौंको टेकु बाग्मति किनारमा थुप्रिएका प्लास्टिकहरू

ललितपुरको गुसिंगालमा शनिवारको अविरल बर्षाका कारण जमेको लेदो निकाल्दै मानिशहरू ।

ललितपुरको हात्तिवनमा शनिवारको अविरल बर्षाका कारण भत्केको बाटो पून निर्माणमा कामदारहरू । बाटो भत्किदा यो ठाउँमा बस खसेको थियो । 

ललितपुरको चारघरे क्षेत्रमा शनिवारको अविरल बर्षाका कारण गएको पहिरो क्षेत्रमा हिड्दै मानिशहरू । 

तस्वीर : सुनिल शर्मा र आर्थिक अभियान

 

 


 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.