काठमाडौं (अस) । नेपाल टेलिकमले १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । वाग्मती सफाइ महाअभियान आरम्भ भएको तीन सयौं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अंकित १ सय २५ थान वाटरप्रुफ ट्र्याकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको/थुन्से, ५ सय थान मास्क र ५ सय थान क्याप उपलब्ध गराइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.