काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार २०१८ मा बंगलादेशले ३० करोड ८९ लाख अमेरिकी डलर (रू. ३ अर्ब ५२ करोड)को लसुन आयात गरेको छ । बंगलादेशले अधिकांश लसुन चीनबाट आयात गर्ने गरेको छ ।
नेपालको पूर्वी क्षेत्रलाई लसुन उत्पादन केन्द्रका रूपमा विकास गरी हिमालयन लसुनको ब्रान्डमा बंगलादेशलाई पुग्नेगरी लसुन आपूर्तिको प्रत्याभूति दिने हो भने त्यहाँ उपलब्ध करीब ४ अर्ब बराबरको लसुनको बजार नेपालले सजिलै प्राप्त गर्ने सक्ने देखिन्छ । यसका लागि लसुन उत्पादक कृषकलाई आवश्यक प्रोत्साहन, अनुदान र अनन्तकालीन करछूटको व्यवस्था गरी गुणस्तरको प्रत्याभूति तथा नेपाल र बंगलादेशबीच लसुन व्यापारमा बीटुबी र जीटुजी हुन पनि आवश्यक छ ।