काठमाडौं (अस) । नेपालका ८ हजार ११६ हेक्टर क्षेत्रफलमा लसुन खेती हुने गरेको छ, जसबाट लगभग ५६ हजार ६६८ मेटन लसुन उत्पादन हुने गरेको छ । नेपालमा लसुन आयात करीब ६ हजार ९६४ मेटन हुने गरेको छ । चीनमा लसुनको प्रतिहेक्टर उत्पादन २७ दशमलव शून्य ९ मेटन प्रतिहेक्टर देखिन्छ ।