काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका–६ स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले एक कार्यक्रमका बीच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।
सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई ध्यानमा राख्दै बैंकले काउन्टर सञ्चालनमा ल्याएको बताएको छ । योसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ ।
बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दाबढी सेवा केन्द्रबाट सेवा दिँदैै आएको बताइएको छ ।