चितवन। उद्योग वाणिज्य संघ चितवनले शनिवार विविध कार्यक्रम गरी को ६५औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रमबीच ६५ ओटा दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो ।
सो अवसरमा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ सालमा स्थापित संघले यस क्षेत्रको सामाजिक आर्थिक र व्यावसायिक विकासका साथै संघमा आबद्ध सदस्यको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्दै आएको बताए ।
संघका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले व्यवसायीको हक, हितको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्दै व्यावसायिक ऐक्यबद्धता जाहेर गर्दै आएको बताए । संघका पूर्व अध्यक्ष उत्तमलाल चुकेले संघले व्यवसायीको हक, हितका साथै चितवनलाई विकास गर्ने क्रममा भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा चितवन महोत्सवमा योगदान पुर्याउने संघ संस्था लगायत व्यक्तित्वलाई सम्मान गरिएको थियो ।