काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रा.लि.बीच छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले भक्तपुरको राधे राधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीका विभिन्न सेवामा ४० प्रतिशतसम्मको छूट पाउने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सुविधा लिनका लागि बैंकका ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्नुपर्नेछ ।
यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न केही समयअघि ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।