काठमाडौं। चौधरी ग्रुपको सिजी मोटर्सले वीरगञ्जमा एकैसाथ विद्युतीय सवारीका ६ ओटा मोडल सार्वजनिक गरेको छ । सिजीले मधेश प्रदेशका लागि आधिकारिक विक्रेता मिनोल्टा इन्भेस्टमेन्ट प्रालिमार्फत ती सवारीसाधन बजारमा ल्याएको हो ।
वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच विश्वस्तरीय ईभी गाडी सार्वजनिक गरिएको कम्पनीले बताएको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कम्पनीका अधिकारीहरूले बताएका छन् । सिजीले नेटा एक्स, एवाटार ११, एक्सपेङ जी६, रिडारा आरडी६, आयोन भी र आयोन वाई मोडलका विद्युतीय गाडी बजारमा ल्याएको हो । यी सवारीसाधन पर्यावरणमैत्री र अत्याधुनिक प्रविधियुक्त भएको दाबी गरिएको छ ।
सिजी मोटर्सले नेपालका विभिन्न स्थानमा २१ भन्दा बढी सेवा केन्द्र र २४० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालन गरेको बताएको छ ।