काठमाडौं । विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्ष ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गर्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान १० बजे सभा गर्ने कम्पनीले तयारी गरेको छ ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।