काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को जग्गा भाडा घटाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष आर्थिक क्षेत्र (सेज)को प्रतिवर्ग मिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारिने घोषणा गरेका छन् ।
शुरूका ३ वर्षका लागि यो छूट सुविधा दिइने भएको हो ।