काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष यो नाफा बढाएको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटे पनि वित्तीय आम्दानी बढ्दा नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष १ करोड ९७ लाख रुपैयाँभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ३५ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
गत वर्ष ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४० लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष ७७ लाख ४२ हजार रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४ लाख रुपैयाँ यो खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५९ लाख ७९ हजार रुपैयाँ छ । जगेडा कोष रकम भने ४१ करोड ३६ लाख रुपैयाँभन्दा बढी कायम छ । दीर्घकालीन कर्जा सापटी ७ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा ५ करोड ५ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ६८ पैसा छ ।