काठमाडौं। नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ बिंगो ईभीमा रुचि राख्ने नेपाली ग्राहकको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले बताएको छ ।
सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै विक्री हुने सानो इलेक्ट्रिक कारको रूपमा ख्याति कमाएका यी गाडी सन् २०२३ को शुरुआतमा १ दशमलव १ मिलियन इकाइभन्दा बढी विक्री भएको बताइएको छ । वुलिङले गुआङ्सी अटोमोबाइल समूहअन्तर्गत बिजुली र जीवास्म इन्धनबाट चल्ने एसयूभी, एमपीभी, पिकअप र व्यावसायिक सवारी उत्पादन गर्दछ ।
यो साझेदारीसँगै वुलिङ बिंगो ईभीका गाडी किन्ने ग्राहकले बैंकको उत्कृष्ट वित्तीय सुविधाबाट लाभान्वित हुन सक्ने बताइएको छ, जसमा ७ वर्षसम्मको फ्लोटिङ लोन सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा लगायतका छन् । ग्राहकले ५ वर्षको लागि ९ दशमलव ९९ प्रतिशत र ७ वर्षको लागि १० दशमलव ४९ प्रतिशतको स्थिर ब्याज दर वा आधार दर प्लस प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदरमा कुनै एक छनोट गर्न सक्नेछन् ।