काठमाडौं । यती एयरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शुक्रवार चौथो एटीआर–५०० विमान भिœयाएको छ । उत्पादन क्रम संख्या एमएसएन ७५४ तथा नेपाली रजिस्ट्रेशन नं. ९एन–एएनसी छ । उक्त विमान २६ अप्रिल २०१९ का दिन थाइल्यान्डको राजधानी बैंककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
भिजिट नेपाल २०२० मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग गर्ने एयरलाइन्सले जानकारी दिएको छ ।
सन् १९९८ देखि उडान शुरू गरेको यती एयरलाइन्सले हाल एटीआर ७२–५०० का साथै बीएई प्रविधिको जे४१ विमान ५ ओटा र भगिनी संस्था तारा एयरको दुईओटा डोर्नियर डु २२८ र चारओटा डीएचसी६ ट्वीनअटर विमानबाट सेवा प्रदान गरिरहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.